बाँकेमा थप दुई जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा थप दुई जनामा कोरोना देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुर नगरपालिका वडा नं. ६ का ३१ वर्षीय पुरुष र राप्तीसोनारी गाउँपालिकाको वडा नं. २ का २७ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिनुभयो ।
बाँकेमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । निको हुन बाँकी २२ जना भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !