नेपालगञ्ज, नरैनापुर र डुडुवा कोरोनामुक्त

नेपालगञ्ज – बाँकेमा बुधबार नौ जना डिस्चार्ज भएका छन् । उनीहरुलाई घर पठाउने तयारी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले वनकटवाबाट सात र पिपिरीबाट दुई जना डिस्चार्ज भएको जानकारी दिनुभयो । बाँकेमा अब १८ जनामात्रैै डिस्चार्ज हुन बाँकी रहेको छ ।
फोकलपर्सन श्रेष्ठका अनुसार, नेपालगञ्ज, नरैनापुर र डुडुवा कोरोनामुक्त भएका छन् । यद्यपि, यी ठाउँका क्वारेन्टाइन खाली भइसकेका छैनन् ।  कोहलपुरमा १०, खजुरामा चार, राप्तीसोनारी दुई, जानकी र बैजनाथमा एक-एकजना चार वटा आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् । जिल्लाका अरु आठ वटा आइसोलेसन सेन्टर खाली भएको छ ।
जिल्लामा ३ सय ६८ जना संक्रमित भएकोमा अब १८ जनामात्रै निको हुन बाँकी रहेको छ । दुई सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !