लोनियनटोलमा एक छाक खाना

नेपालगञ्ज – माइती नेपालले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का विपन्नलाई एक छाक खाना खुवाएको छ ।
जिल्लाका विभिन्न ठाउँका विपन्नलाई एक छाक खाना खुवाउने अभियान थालेको माइती नेपालले वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल, वडा सदस्य आशा विक र शान्ति परियारको उपस्थितिमा विपन्नलाई खाना खुवाएको थियो । वडाध्यक्ष हमाललगायत जनप्रतिनिधिले खाना खाएर अरुलाई वितरण गर्नुभयो । त्यसक्रममा वडाध्यक्ष हमालले पोष्टिक खानाको महत्व बुझाउनु भएको थियो ।
वडा नं. २ को बाल्मिकी टोल र लोनियनटोलमा खाना बितरण गरिएको छ । एक सातासम्म नेपालगञ्जका क्वारेन्टिन र वडा नंं. १२ का बिभिन्न ठाउँमा खाना खुवाइएको थियो । वडा नं. १२ को बेलासपुर, नयाँबस्ती, चिडिमार बस्ती र कोरियनपुरमा खाना खुवाइएको थियो ।
नेपालगञ्जमा रहेको नीलसागर बृद्धाश्रममा रहेकाहरुलाई अभियानको शुरुवातदेखि नै खाना खुवाइरहेको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । ‘दुई महिनासम्म सञ्चालन हुने अभियान जिल्लाका बिभिन्न स्थानमा पुग्छ,’ संयोजक कोइरालाले भन्नुभयो, ‘यसमा हामीले आवश्यकता भएका क्षेत्रमा खाना पु¥याउने छौं ।’


error: यो सुविधा उपलब्ध छैन !