‘पुलिङ’मा जाँच, पोजिटिभ देखिए झन्झट

नेपालगञ्ज – पछिल्लो समयमा पीसीआर जाँच ‘पुलिङ’ सिस्टममा हुने गरेको छ ।
एउटा भाडोमा ५÷६ वटा स्वाव राखेर जाँच्नुलाई पुलिङ भन्ने गरिएको छ । एकै ठाउँमा राखेर जाँच गर्दा कुनै एकमा पोजिटिभ देखिएमा फेरि एक÷एक गरेर जाँच्ने गरिन्छ । एक÷एक गरेर गर्दा दिनमा सय वटा जाँच हुन्थ्यो भने पुलिङमा गर्दा पाँच सय पुग्छ ।
शंकास्पद ठाउँकोलाई भने एक÷एक नै गरेर जाँच्ने गरिएको छ । पुलिङ सिस्टममा जाँच गर्दा धेरैको परीक्षण हुने गरेको छ । त्यसरी जाँच्दा पोजिटिभ देखिएमा फेरि एक÷एक गरेर जाँच्न झन्झट हुने गर्दछ ।
पुलिङ सिस्टममा जाँच गर्दा किट र समयको सदुपयोग हुने गरेको छ । पछिल्लो समयमा पोजिटिभ केस धेरै देखिन छाडेको छ । पीसीआर जाँच पनि बढेको छ । क्वारेन्टाइन रित्तिदै गएका छन् । क्वारेन्टाइनबाहेक स्वास्थ्यकर्मी, पत्रकार, प्रहरीलगायतको परीक्षण धमाधम भएका छन् । फिल्डमा खटिएकाहरुलाई शंका लागेर जाँच भइरहदा पुलिङ सिस्टम फाइदाजनक भएको छ । एकैपटक धेरैको जाँच भएको छ । पोजिटिभ पनि देखिएका छैनन् ।
कोरोना आशंका लागेर जाँच्नेको संख्या हुँदै गर्दा अब समुदायमा जाँच्न आवश्यक देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !