मिनी रंगशाला आसपासमा वृक्षारोपण

नेपालगञ्ज – नेपालगञ्जको धम्बोझीमा बन्दै गरेको मिनी रंगशाला (एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी) को छेउछाउमा वृक्षारोपण गरिएको छ ।


वडा कार्यालय, बाँके जिल्ला फुटबल संघ, धम्बोझी क्लव र ग्रिन नेपालगञ्ज, क्लीन नेपालगञ्जको सहयोग र सहकार्यमा मैदान छेउछाउमा वृक्षारोपण गरिएको हो । वडाध्यक्ष प्रमोद रिजाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, हरित अभियान्ता डा. विनोद कर्ण र हेमन्तराज काफ्ले, विनोद रिजाल, रविन्द्र श्रेष्ठलगायतले मैदान छेउछाउमा वृक्षारोपण गर्नु भएको थियो ।


श्री रामजानकी गोकुलेश्वर महादेव मन्दिरले उपलब्ध गराएको जग्गामा एन्फा ग्रासरुट फुटबल मैदान, बास्केट बल कोर्ट, क्रिकेट अभ्यासलगायत संरचना बनिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !