बाणिज्य बैंकका पाँच कर्मचारी फरार !

 

नेपालगञ्ज – नक्क्ली कागजात र सरकारी छाप किर्ते गरेर सुनचाँदी व्यवसायीले एक करोड २५ लाख ऋण लिएको घटनामा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका कर्मचारीसहित आठ जनालाई प्रतिवादी बनाएको छ ।
प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ । जसमा आठ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये तीन जनामात्रै पक्राउ परेका छन् । पाँच जना कर्मचारी फरार रहेका छन् ।
नक्कली कागजात र सरकारी छाप किर्ते गरेर ऋण लिने सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ, बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही र ऋण सिफारिस समितिका सदस्य कलबहादुर ओली पक्राउ परेका छन् । बैंकका कर्जा समिति, मूल्यांकनकर्ताहरु फरार रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताउनुभयो ।
प्रहरीले अहिलेसम्म सरकारी छाप किर्तेको मात्रै अनुसन्धान गरेको छ । बैंकिङ कसुरको अनुसन्धान नै शुरु भएको छैन । बैंकिङ कसुरसम्बन्धमा बैंकले जाहेरी दिइसकेको छैन । बैंकले आन्तरिक रुपमा छानबिन गरिरहेको बुझिएको छ ।
सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख लिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !