भेरीमा देखियो २८ जनामा कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका २८ जनामा कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, सल्यान, सुर्खेत, दैलेख र स्याङ्जाका गरी २८ जनामा कोरोना देखिएको हो । कोरोना देखिनेमा सल्यानका १५, सुर्खेतका १०, दैलेखका दुई र स्याङ्जाका एकजना रहेका छन् । त्यसमा २२ पुरुष र ६ जना महिला छन् ।
भेरी अस्पतालको ल्याबमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका स्वाव आउने गरेको छ । बाँकेमा भने पोजिटिभ केस कम देखिन थालेको छ ।


error: यो सुविधा उपलब्ध छैन !