ठूलो मात्रामा सुर्ती बरामद

नेपालगञ्ज – लकडाउन चलिरहदा सुर्तीको तस्करी बढेको छ ।
नाकामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिकजसो नै सुर्ती बरामद गरिरहेका छन् । कारोबारीले नाकाबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउने गरेका छन् ।
बाँके प्रहरीले डुडुवा गाउँपालिका वडा नं. २ का गुरप्रसाद तेली र गणेशकुमार गुप्ताले घरमा सञ्चालन गरेको पसलबाट प्रहरीले सुर्ती बरामद गरेको छ । तेली र गुप्ताले अवैध रुपमा भित्र्याएको प्रहरीको दावी रहेको छ ।
बाँके प्रहरीका अनुसार, ६ बोरा ४५ प्याकेट सुपरपावर सुर्ती, चार बोरा बिडी, एक सय १५ पोका खलिल शाही सुर्ती, ७५ पोका किशोरीलाल सुर्ती र एक बोरा बिडी बरामद भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !