दाङमा कांग्रेसको प्रदर्शन

रियाज आचार्य (दाङ) – वडाध्यक्षमाथि भएको आक्रमणको विरोधमा नेपाली कांग्रेस, दाङले प्रदर्शन गरेको छ ।
शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि फर्साराम डाँगीमाथि सांघातिक आक्रमण भएको विरोधमा कांग्रेसले शनिबार प्रदर्शन गरेको हो । कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताउनुभयो ।
कांग्रेसका महासमिति सदस्य केशव आचार्यले घट्नाका विषयमा पार्टी निकै गम्भिर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ’हत्या, हिंसा र द्वन्द्वले देशलाई पछि धकेल्ने भएकाले यस्ता गतिविधि रोकिनु पर्छ ।’
आक्रमणबाट गम्भिर घाइते भएका अध्यक्ष डाँगीलाई घट्ना लगत्तै थप उपचारका लागी हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !