बाघको छाला र हड्डीसहित एक पक्राउ

नेपालगञ्ज – बाँकेमा बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् ।
५ नम्बर प्रहरीको प्रदेश ब्यूरो टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं. १ का नवराज घर्तिलाई बाघको छाला एक थान र ११ किलो हड्डीसहित पक्राउ गरेको हो । ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले बाघको छाला र हड्डीसहित घर्तिलाई पक्राउ गरेको छ । त्यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !