बाँकेमा पाँच जनामा देखियो कोरोना

नेपालगञ्ज – बाँकेमा पाँच जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा कोहलपुरका दुई, जानकी, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका एक-एक जनामा कोरोना देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुर नगरपालिका वडा नं. ३ र १० नम्बर वडामा एक-एक जना, जानकी गाउँपालिकाको वडा नं. ३ मा एकजना, राप्तीसोनारी वडा नं. ७ मा एकजना र बैजनाथ गाउँपालिकाको वडा नं. २ मा एकजनामा कोरोना देखिएको जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ६८ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !