बाइक र कपडा राप्ती नदी किनारमा, मान्छे खोइ ?

नेपालगञ्ज – नरैनापुरका सियाराम मौर्य नेपालगञ्जमा बसेर पढ्थे । उनका बुवा अमृतलाल मुराउका अनुसार, असार १२ गते उनको घरमा केही युवाहरु सियारामले बहिनी भगाएको भन्दै खोज्न पुगे ।
नेपालगञ्जको फूल्टेक्रामा बसेर ल्याब टेक्निसियन पढ्ने मौर्यको मोटरसाइकल र कपडा १५ गते राप्ती नदीको किनारमा फेला प¥यो । भे १० प ४५६३ नम्बरको मोटरसाइकल र हेल्मेटभित्र कपडा राखिएको अवस्थामा फेला परेको थियो ।
मोटरसाइकल र कपडा राप्ती नदीमा किनार भेटिएपनि अहिलेसम्म मौर्यको अत्तोपत्तो छैन । कहाँ गए त मौर्य ? प्रश्न उब्जिएको छ । प्रहरीका अनुसार, मौर्यको नेपालगञ्जस्थित कोठामा आएर केही व्यक्तिले केटीलाई लिएर गएपछि मौर्य पछि–पछि मोटरसाइकल चढेर गएका थिए । त्यसपछि सम्पर्कमा आएका छैनन् ।
प्रहरीले सियारामको खोजबिनमा चासो नदिएको परिवारको गुनासो रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !