पत्रकारको स्वाव लिइयो

नेपालगञ्ज – बाँकेका पत्रकारको पीसीआर जाँचका लागि स्वाव लिइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जिल्लाका २२ जना पत्रकारको स्वाव लिएको हो । कोरोना संक्रमणको बेलामा रिपोर्टिङका लागि फिल्डमा खटिएका पत्रकारको पीसीआर जाँचका लागि स्वाव लिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले शनिबार नै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सञ्चारकर्मीको भूमिका विषयमा पनि छलफल गरेको छ ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाही, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले कोरोना रोकथाम र नियन्त्रणका सवालमा बाँकेमा भएका गतिविधिका बारेमा चर्चा गर्नु भएको थियो ।
कोरोनाका फोकलपर्सन श्रेष्ठले जिल्लामा ३ सय ६३ जना संक्रमित रहेकोमा अहिले २३ जना मात्रै आइसोलेसन सेन्टरमा रहेको जानकारी दिनुभयो । बाँकेमा कोरोनाबाट ९२ प्रतिशत मानिस निको भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !