बाल सुधार गृहबाट भागेका बालक भेटिए

नेपालगञ्ज – डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका बालक फेला परेका छन् ।
चार दिनअघि बाल सुधार गृहबाट भागेका नेपालगञ्जका बालक बिहीबार घरमा फेला परेका हुन् । बाल सुधार गृहबाट भागेको चौथो दिन उनी घरमा पुगेका थिए । प्रहरीको एउटा टोलीले उनको घर निगरानी गरिरहेको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले घरमा आउने बित्तिकै बालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
चोरी मुद्दामा बाल सुधार गृह पुगेका बालक पटक–पटक भागिरहेका छन् । बाल सुधार गृहको भौतिक संरचनाहरु राम्रो नहुँदा भाग्न सजिलो हुने गरेको छ । बालक भागेपछि त्यहाँका केही प्रहरीलाई जिल्लामा तानिएको थियो । बाँके प्रहरीले बाल सुधार गृहका बारेमा आन्तरिक छानबिन समेत गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !