बाल सुधार गृहबाट बालक भागे, तीन प्रहरी कारबाहीमा

नेपालगञ्ज – डुडुवाको आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहबाट एकजना बालक भागेका छन् । चोरी मुद्दामा बाल सुधार गृहमा पुगेका नेपालगञ्जका एक बालक भागेपछि त्यहाँका प्रहरी कारबाहीमा परेका छन् ।
बालक असार १४ गते दिउँसै भागेका थिए । उनी अहिलेसम्म फेला परेका छैनन् । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बालकको खोजी गरिरहेको बताउनुभयो ।
बालक भागेपछि बाल सुधार गृहका इन्चार्जसहित डिउटीमा बसेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज तानिएको छ ।
यी बालक यसअघि पनि भागेका थिए । घरबाटै समातेर ल्याइएको थियो । यसपटक भने उनी घरमा गएका छैनन् । बाल सुधार गृहमा केही दिनअघि बालकले ब्लेडले हात काटेका थिए । ब्लेडले हात काट्ने पनि अहिले भागेकै बालक भएको बुझिएको छ ।
बाल सुधार गृहमा सय बढी बालक÷किशोर रहेका छन् । त्यहाँ रहेका बालकहरुमा छालाको संक्रमण देखिएपछि केही दिनअघि विशेषज्ञ डाक्टरलाई लगेर स्वास्थ्य शिविर चलाइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !