गोजीमा २४ ग्राम ब्राउनसुगर

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, जमुनाहाले २४ ग्राम ब्राउनसुगरसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।
जमुनाहाको छोटी नाकाबाट ब्राउनसुगर बोकेर आइरहेका रुपैडिहाका मुन्ताज अहमद सिद्धिकी पक्राउ परेका हुन् ।
गोजीमा ब्राउनसुगर राखेर हिडिरहेका सिद्धिकी प्रहरीलाई देखेपछि भागेका थिए । प्रहरीले लखेटेर सिद्धिकीलाई समातेको थियो ।
लकडाउनले गर्दा भारत जाने र आउनेको चाप नहुँदा लागु औषधीका कारोबारीहरु छट्पटाएको देखिन्छ । यद्यपि, प्रहरीले बरामद गरेको तथ्यांकले लकडाउनको बीचमा पनि लागु औषधीको कारोबार भइरहेको देखिन्छ । सिद्धिकीले नेपालगञ्जमा कसैलाई ब्राउनसुगर पु¥याउन आएका थिए । बाँके प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !