एकै परिवारका तीन जनामा कोरोना

नेपालगञ्ज – कोहलपुरमा एकै परिवारका तीन जनामा कोरोना देखिएको छ । बाँकेमा बुधबार सात जनामा कोरोना देखिदा तीन जना एकै परिवारका परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुर–२ का श्रीमान र श्रीमती तथा वडा नंं. १२ मा बस्ने छोरामा कोरोना देखिएको बताउनुभयो । उहाँका अनुसार, खजुरामा चार जनामा कोरोना देखिएको छ । खजुरा गाउँपालिका वडा नंं. ६ मा दुई जना, वडा नं. १ र २ मा एक-एक जनामा कोरोना देखिएको छ ।  योसहित बाँकेमा कोरोना संक्रमितको संख्या तीन सय ६३ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !