मदन भण्डारीको जन्म जयन्तीमा वृक्षारोपण

खजुरा – मदन भण्डारीको जन्म जयन्तीको अवसरका साता व्यापी वृक्षारोपण कार्यक्रम चलाएको नेकपा, खजुराले बुधबार वडा नं. ४ स्थित मनकामना आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।
नेकपाका जिल्ला कमिटि सदस्य एवं खजुरा गाउँपालिका वडा नं. ४ का इन्चार्ज सतिश निरौलाका अनुसार, विद्यालय परिसरमा एक सय ५० वटा विरुवा लगाइएको छ ।


वृक्षारोपण कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य राजकुमार बिक, र भिम वली, खजुरा गाउँ पालिका वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनार, खजुरा सहकारीका अध्यक्ष निर्मल खनाल, मनकामना आधारभुत बिद्यालयका अध्यक्ष देवराम विसी, प्रअ तिर्थ बिक, स्थानीय अगुवा शेरबहादुर बिसी, झगबहादुर पौडेल, अर्जुन थापालगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !