किर्ते कागजपत्र बनाएर १ करोड २५ लाख ऋण

नेपालगञ्ज – नक्कली कागजपत्र बनाएर बैकबाट १ करोड २५ लाख ऋण लिएको तथ्य खुलेको छ । प्रहरीले यो घटनामा नेपालगञ्जका एक जना सुनचाँदी ब्यबसायीलाई नियन्त्ररणमा लिएर अनुसन्धान थालेको छ । नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैक, नेपालगञ्जको त्रिभुवनचोक शाखाबाट २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख रकम निकालेको रहस्य खुलेको छ ।
राष्ट्रिय बाणिज्य बैकले ब्यबसायी जसगढले ऋणका लागि धितोको रुपमा पेश गरेका कागजपत्रहरु भेरीफिकेशनका लागि नेपालगञ्ज उप महानगरपालिकामा पत्र पठाए पछि नक्कली कागज पत्र बनाएको तथ्य सार्बजनिक भएको हो ।
सरकारी छाप, कागजपत्र र कर्मचारीहरुको दस्तखत समेत किर्तेे गरेको गरेको पाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाकाले जिल्ला प्रहरी कार्यालय बाकेलाई छानबिनका लागि पठाएको मेयर डा. धवलशमशेर राणाले बताउनु भयो ।
उपमहानगरापालिकाले छानबिनका लागि पत्र पठाए पछि बाँके प्रहरीले जेठ २७ गते जसगढलाई नियन्त्ररणमा लिएर अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान शुरु गर्दै जादा धितोको रुपमा बैकमा पेश गरेका ४ वटा लालपूर्जा मध्ये २ वटा लालपूर्जा नै नक्कली भएको र १ वटा लालपूर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले अनुसन्धानका क्रममा भुमिसुधार तथा नापी कार्यालयलाई पत्र लेखेर जसगढले बैकमा ऋण प्रयोजनमा पेश गरेर कागजपत्रहरु भेरिफिकेशन गर्दा एक पछि अर्काे गर्दै १९ वटा कित्र्ते कागजपत्रहरु फेला पारेको छ ।
राष्ट्रिय बाणिज्य बैक त्रिभुवन चौक शाखामा नक्कली र किर्ते कागजपत्रहरुका आधारमा ऋण लगानी गरेको तथ्य सार्बजनिक भए पछि राष्ट्रिय बाणिज्य बैकको प्रादेशिक कार्यालय, नेपालगञ्जले आन्तरिक छानबिन शुरु गरेको छ । छानबिनका लागि शाखा प्रबन्धक ललित बहादुर शाहीलाई प्रदेश कार्यालयमा तानेर त्रिभुवनचोक शाखामा हस्त बहादुर शाहीलाई पठाएको प्रादेशिक कार्यालय, नेपालगञ्जले जनाएको छ ।
ब्यबसायी गसगढले बैकमा पेश गरेको सक्कली जग्गाको बजार मुल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्य खुलेको छ ।
सुनचाँदी ब्यबसायी जसगढले राष्ट्रिय बाणिज्य बैक सहित अन्य ६ वटा बैकमा पनि कारोबार गरेको पाइएको छ ।
अन्य बैकहरुसँंगको कारोबारका क्रममा पेश गरेका कागजपत्रहरु पनि नक्कली र किर्ते हुन सक्ने आशंका प्रहरीले आशंका गरेको छ । बैकका केही कर्मचारी, ब्यबसायी जसगढ र केही अन्य ब्यक्तिको मिलेमतोमा नक्कली र किर्ते कागजपत्र बनाएर बैकमा घोटोला भएको आशंका गरेर प्रहरीले छानबिन गरि रहेको छ ।
नक्कली र किर्ते कागज बनाएर बैकबाट ऋण लिएको अभियोगमा प्रहरी सुनचाँदी ब्यबसायी जसगढलाई नियन्त्ररणमा लिए पछि नेपालगञ्जका सुनचाँदी ब्यबसायीमा खैलाबैला मच्चिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !