‘मस्टवान्टेड’ यादव पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका अभियुक्त राजेश यादवलाई पक्राउ गरेको छ ।
अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा लागेका बाँके प्रहरीका सर्वाधिक सूचीका यादव पक्राउ परेका हुन् ।
पुरैनीका बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई प्रहरीले ‘ठूलो माछा’को संज्ञा दिएको छ । यादव तत्कालिन भूमिगत समूहका व्यक्ति हुन् । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृतमा बताउने जनाएको छ ।