लकडाउनमा ७० प्रतिशत अपराध कम

नेपालगञ्ज – बाँके प्रहरीले लकडाउनमा ७० प्रतिशत अपराध कम भएको जनाएको छ ।
नयाँ प्रहरी प्रमुख एसपी ओम रानाले आयोजना गरेको पत्रकार भेटघाटमा त्यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । तीन वर्षको चैत्र, बैशाख र जेठको तथ्यांकलाई पछिल्लो वर्ष अर्थात लकडाउनको अवधिमा ७० प्रतिशत अपराधमा कमी आएको पाइएको हो ।
तीन वर्षको तीन महिनाको तथ्यांकमा यो वर्ष अभद्र व्यवहार अलि बढी देखिएको छ । २०७४÷७५ को चैत्र, बैशाख र जेठमा क्रमशः एक सय २७, ८१ र ८६ वटा अपराध भएका थिए । २०७५÷७६ मा चैत्रमा ८८, बैशाखमा एक सय एक र जेठमा एक सय ३३ वटा अपराध भए । २०७६÷७७ मा चैत्रमा ३३, बैशाखमा २७ र जेठमा २८ वटा अपराध भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
पोखरा बसेर बाँकेमा आउनु भएका एसपी रानाले त्यहाँ भन्दा यहाँ धेरै अपराध हुने गरेको बताउनुभयो । उहाँका अनुसार, पोखरामा ५६ प्रकारका अपराध हुन्थ्यो, बाँकेमा ५९ प्रकारका अपराध भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !