नाली खन्दा शिवको मूर्ति भेटियो

नेपालगञ्ज – नेपालगञ्जमा नाली खन्दा भगवान शिवको मूर्ति फेला परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले डोजरले नाली सफा गर्ने क्रममा वडा नं. ७ मा शिवको मूर्ति फेला परेको हो । नालीमा बालकहरुले सेतो टल्किने बस्तु देखेपछि अरुलाई खबर गरेका थिए । चाँदीको जस्तो टल्किने मूर्तिलाई गगनगञ्जकै मन्दिरमा राखिएको छ ।


७ किलोको मूर्तिलाई नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको उपस्थितिमा मुचुल्का गरेर मन्दिरमा राखिएको छ । मूर्ति ऐतिहासिक भएको आकलन गरिएको छ । शिवको मूर्ति देखिएपछि हेर्ने मान्छेको भीड लागेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !