६ दिनमा १० वटा शव

नेपालगञ्ज – कोहलपुरको वडा नं. ११ स्थित प्रतिक्षालयमा भेटिएका मृत व्यक्तिको सनाखत भएको छ । उनी कालिकोटका भीम सिंह भएको खुलेको छ ।
केही दिनअघि घरबाट निस्किएका सिंह कोहलपुर बजार आसपासमा माग्दै खाने गर्दथे । उनी मदिराप्रेमी थिए । उनको घरपरिवारका सदस्य आएर सनाखत गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
यसअघि अगैयाको प्रतिक्षालय र शमशेरगञ्जको पुल मुनी दुई शव भेटिएको थियो । यी दुई व्यक्ति पनि मागेर खाने गर्दथे । उनीहरुको सनाखत हुन सकेन ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, असारको ६ दिनमा मात्रै विभिन्न कारणबाट ११ जनाको मृत्यु भएको छ । अगैयामा ट्याक्टर खस्दा दुई जनाको मृत्यु भयो । ११ वर्षकी बालिका र ५६ वर्षका पुरुषले आत्महत्या गरे । पानीमा डुबेर, करेन्ट लागेर एक÷एक जनाको मृत्यु भयो ।


error: यो सुविधा उपलब्ध छैन !