राप्ती नदीमा ‘बाढी’, बज्दै साइरन

नेपालगञ्ज – राप्ती नदीले खतराको तह पार गरेको छ ।
दाङ, रोल्पा, प्यूठानमा लगातार पानी परेकाले नदीको सतह बढेको छ । पानीको सतह ५ मिटर ४४ सेन्टीमिटर पुगेको छ । जबकी ५ मिटर ४० सेन्टीमिटरलाई खतराको तह मानिन्छ ।
५ मिटर ४० सेन्टीमिटरको तह पार गरिसकेकाले तटीय क्षेत्रमा डुवानको खतरा बढेको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले नदीमा पानीको तह खतराको तह पार गरिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिसकेको जानकारी दिनुभयो । ‘हामीले गाउँपालिकाहरुलाई भनिसकेका छौं । अब साइरन बजाउने तयारीमा छौं, बुढाथोकीले भन्नुभयो, पानीको तह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च ठाउँमा बस्न भनिसकेका छौं ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !