बाल सुधार गृहमा स्वास्थ्य शिविर

नेपालगञ्ज – बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका बालक÷किशोरहरुमा छालाको समस्या देखिएपछि स्वास्थ्य शिविर राखिएको छ ।
नेपालगञ्जको बागेश्वरी टेलिभिजनको आयोजनामा डुडुवा गाउँपालिकाको समन्वय र स्वास्थ्य पेजको सहकार्यमा बाल सुधार गृहमा स्वास्थ्य शिविर राखिएको हो । बाल सुधार गृहमा रहेका एक सय एक जनामध्येमा ७५ जनामा छालाको समस्या देखिएको छ ।


भेरी अस्पताल, नेपालगञ्जका डाक्टर बद्री चापागाईले विरामीको उपचार गर्नु भएको छ । स्वास्थ्य शिविरको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले गर्नुभयो । सो अवसरमा एसपी ओम राना, डुडुवा वडा नं. ६ का अध्यक्ष मोहन मिश्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष वीरेन्द्र शाह, बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाह, जग्गा दाता जेके सिंह, बाल सुधार गृहका प्रमुख बिमला काउचामगरलगायतको उपस्थिति थियो ।


यसैबीच, प्रभातसिंह ठकुरीले बाल सुधार गृहमा पानी तान्ने मोटर सहयोग गर्नु भएको छ । रेडक्रसले विभिन्न खेलौना सामान दिएको थियो । ती सामान प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले हस्तान्तरण गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !