यस्ता छन् सोती घटनाको माग
नेपालगञ्ज – रुकुम पश्चिम सोतीमा भएको घटनाका दोषीलाई सर्वस्वसहित जन्मकैद र मृतकलाई शहीद घोषणालगायतका माग राखेर संयुक्त दलित संघर्ष समिति, बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
वीपीचोकबाट शुरु भएको प्रदर्शन गणेशमानचोक, चारबाहिनी, त्रिभुवनचोक हुँदै पुनः वीपीचोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै दलित अगुवाहरु दलबहादुर सुनार, आशा विक, केशव नेपाली र अमर विकले घटनाको छिटो भन्दा छिटो निष्पक्ष छानबिन गरेर हत्यारालाई कारबाही गर्न दबाब दिनुभयो ।
समितिले मृतकका परिवारलाई क्षतिपूर्ति, नवराज विकसँग नाम जोडिएकी किशोरीको स्वास्थ्य परीक्षण, घाइतेहरुको उपचार गर्नुपर्ने माग अघि सारेको छ ।