डुडुवाबाट १७ जना घर फर्किए

नेपालगञ्ज – बाँके डुडुवा गाउँपालिकामा रहेका दुई वटा आइसोलेसन केन्द्रबाट १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । डुडुवा गाउँपालिका वार्ड नं. १, सन्तलियास्थित आइसोलेसनबाट १० जना र वार्ड नं. ४ को शाहपुर्वा आइसोलेसनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम घर पठाइएको हो ।
उनीहरु सबैलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले विदाई गर्नुभयो । डुडुवा गाउँपालिकामा शुरुवाती चरणमा संक्रमण देखिएका २५ जना घर फर्किसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !