बाँकेमा २९५ पुगे, १५५ घर गए

 

नेपालगञ्ज – बाँकेमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, राप्तीसोनारीमा ६, बैजनाथमा ४, खजुरामा दुई जना र कोहलपुरमा एकजनामा कोरोना पुष्टि भएको हो । राप्तीसोनारीको वडा नं. ७ मा ५ जना र वडा नं. ६ मा एकजनामा कोरोना देखिएको छ ।
बैजनाथ गाउँपालिकाको वडा नं. ३ मा चार जनामा कोरोना देखिएको हो । खजुराको वडा नं. १ र ७ नम्बर वडा तथा कोहलपुरको २ नम्बर वडामा एक÷एक जना कोरोना संक्रमित देखिएका छन् । बाँकेमा अहिलेसम्म २ सय ९५ जनामा कोरोना देखिएको छ । त्यसमा एक सय ५५ जना घर गएका छन् ।
भेरीमा गरिएको परीक्षणमा रोल्पा सुनिल स्मृतिका १४ जनामा कोरोना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !