थप २० जना निको

नेपालगञ्ज – बाँकेमा आज २० जना घर जादै छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नरैनापुरका १९ जना र नेपालगञ्जका एकजना निको भएर घर जाने तरखरमा छन् । नरैनापुरका १९ जना कोहलपुरको पिपरी र नेपालगञ्ज–१० का एकजना खजुरास्थित क्यान्सर अस्पतालमा बसेका छन् ।
स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार यी २० जनालाई पनि घर पठाउन थालिएको हो । नयाँ निर्देशिकाले १४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका व्यक्तिलाई घर पठाउन सकिने व्यवस्था गरेको छ । १४ दिन बसिसकेकालाई रिचेक आवश्यक छैन ।
बाँकेमा निर्देशिका अनुसार, ५८ जनालाई घर पठाइएको छ । कोरोनाबाट निको भएर घर जानेको संख्या एक सय ५५ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !