राप्तीसोनारीका १४, नरैनापुरका २ र खजुरामा एकजना संक्रमित

नेपालगञ्ज – बाँकेमा मंगलबार राप्तीसोनारीमा १४ जना, नरैनापुरमा २ र खजुरा गाउँपालिका एकजना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, राप्तीसोनारीको वडा नं. ७ मा १७, २४, १८, १६, ३५, २१, २६, २०, १८, ३६, ३९, १६ ३५ र ४५ वर्षका पुरुषमा कोरोना देखिएको छ । त्यस्तै नरैनापुरको वडा नं. ६ मा २० र ४० वर्षका पुरुषमा कोरोना देखिएको छ । खजुरा गाउँपालिकाको वडा नं. १ मा २२ वर्षको पुरुषमा कोरोना देखिएको हो ।
बाँकेमा कोरोना संक्रमित दुई सय १३ जना पुगेका छन् । त्यसमा २९ जना निको भएर घर गइसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !