बाँकेमा १७ जना थपिए
नेपालगञ्ज – बाँकेमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, खजुरा, नरैनापुर राप्तीसोनारीमा १७ देखि ४५ वर्षका पुरुषमा कोरोना संक्रमित देखिएको हो ।
भेरी अस्पताल, नेपालगञ्जमै गरिएको परीक्षणमा बर्दियाका तीन जनामा कोरोना देखिएको छ । बर्दियाका २० देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएको छ ।
नेपालमा मंगलबार २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २ सय ७० पुरुष र १८ जना महिला छन् । अहिलेसम्म दुई सय ६६ जना डिस्चार्ज भएका छन् ।