मृतकको कोरोना परीक्षण हुने

नेपालगञ्ज – नेपालगञ्जदेखि सल्यान जादै गरेको फोर्स गाडी दुर्घटनामा मृत्यु भएका १२ जनाको कोरोना परीक्षण हुने भएको छ । त्यसका लागि अहिले भेरी अस्पतालका स्वास्थ्यकर्मीले मृतकको स्वाव लिने काम गरिरहेका छन् ।
भारतका विभिन्न शहरबाट आएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जादै गर्दा राती सवा १२ बजे दुर्घटनामा परेका थिए । बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं. २ स्थित पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा फोर्स गाडीमा रहेका ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार, दुर्घटनामा परेका सबै जनाको कोरोना परीक्षण हुन्छ । ‘मृतक र घाइते सबैको कोरोना परीक्षण हुन्छ, मेसु डा. थापाले भन्नुभयो, अहिले स्वाव लिने काम भइरहेको छ ।’
भारतबाट आएकाले उनीहरुमा कोरोनाको जोखिम रहेको छ । मृतकलाई पनि कोरोना जाँच गरेर मात्रै घरपरिवारको जिम्मा लगाउने तयारी भएको छ । शवको सनाखत भने ढिला हुने देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !