लकडाउनमा उत्तिकै अपराध
नेपालगञ्ज – स्थानीय प्रशासनले चैत्र १० गते पत्रकार सम्मेलन गरेर ‘जनता कर्फ्यु’ लगाउने घोषणा ग¥यो । नेपाल सरकारले ११ गतेदेखि लकडाउन भन्यो ।
जिल्लामा पहिलो पटक केही दिनका लागि निषेधित क्षेत्र घोषणा गरियो । अहिले अनिश्चितकालिनका लागि निषेधाज्ञा जारी गरिएको छ । भनौ, चैत्र ११ गतेदेखि जनता घरभित्र छन्, अटेरीलाई छोडेर ।
जनतालाई घरभित्र राख्दा पनि अपराधको रेसियो अरु बेलाजस्तै देखिएको छ । लकडाउनमा हत्या गर्ने क्रम रोकिएन । जबरजस्ती करणी र उद्योग भए । प्रशासनले हिड्न रोक लगाएपनि लागु औषधी ओसारपसार उस्तै देखियो । घरभित्रको झगडा त दैनिकजसो आइरहेकै छन् । फुर्सदमा झन् हिंसा हुँदो रहेछ क्या हो भन्ने प्रश्न उठेको छ । भन्न त ‘खाली दिमाग सैतानका घर’ भन्ने गरिन्छ हामीकहाँ ।
धम्बोझीमा रहेको प्रहरीको महिला सेलमा भीडभाड सधै नै देखिन्छ । लोग्ने–स्वास्नी, सासु–बुहारीका झगडामात्रै होइन, गम्भीर अपराधका घटना बोकेर त्यहाँ पुग्छन्, पीडितहरु । त्यहाँ पीडितमात्रै होइन, समाजमा ‘इज्जतदार’ भनिएका पनि भेटिन्छन् । हालै नेपालगञ्जका एकजना जनप्रतिनिधि करणी उद्योगको आरोप लागेका आफ्ना मान्छेको बचाउ गर्दै थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, लकडाउनका अवधिमा घरेलु हिंसाका २८ वटा मुद्दा दर्ता भएको छ । यो मिल्नै नसकेकाहरु हुन् । आवेगमा प्रहरीकहाँ आइपुग्ने र पछि ठण्डा भएर फर्किनेको संख्या पनि कम छैन । यो अवधिमा तीन जना महिला हराएका छन् । दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जबरजस्ती करणीका तीन वटा मुद्दा दर्ता भएको छ । चार जना पक्राउ परेका छन् । जबरजस्ती उद्योगीमा एउटा मुद्दा दर्ता र एकजना पक्राउ परेका छन् ।
लकडाउनले लागु औषधीका अम्मलीलाई प्रहरीकहाँ पु¥याएको छ । पाँच वटा मुद्दा दर्ता र पाँचै जना पक्राउ परेका छन् । कर्तब्य ज्यानको एउटा घटना भएको छ । सवारी ज्यानका तीन, गौवधका दुई, अभद्र व्यवहारका चार, संक्रमण रोग फैलाउने मुद्दामा एकजना पक्राउ परेका छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले लकडाउनका अवधिमा पनि जिल्लामा हिंसामा घटनाहरु देखिएको बताउनुभयो ।