कर्मफल
‘कर्मण्य वाधिका रस्तेमा फलेसु कदाचन विश्वमा सर्वाधिक स्तरीय ज्ञानमय भच्म्मय कर्ममय लोकप्रिय, उत्कृष्ठ शास्त्र गीताको एउटा श्लोक हो यो । विभिन्न कालखण्डमा विभिन्न स्तरका व्यक्ति र बद्धिजीबिहरुद्वारा आ–आफनै तरिकाले व्याख्या र विश्लेषण पनि सम्भवतः सबै भन्दा धेरै गरिएको छ । साथै व्यतिmहरुले आ–आफ्नो ज्ञान र क्षमताको आधारमा वुझेका पनि छ ।
मेरा युवा अवस्थामा केही राजनीतिक कार्यकर्ताहरुबाट उदारणको चर्को उपास र विरोध सुनेकी थिए । इमान्दारी साथ भन्नु पर्दा म पनि यो श्लोकको आभासबाट निकै प्रभावित भएकी थिए । उनीहरुले यी श्लोकको अर्थ एउटा मजदुरले दिनभरी मालीकको काम गर्ने अनि फलको आशा नगर्ने ? उसले साँझ घर फर्किदा मजदुरी नलिने ? लगाएका थिए ।
त्यो बखत सरसरी गीताको टीका पढेकी थिए । तर, अर्थ केही बुभिन । किनभने पहिलो कुरो बाल्या अवस्था, दोस्रो कुरो ज्ञानको चरम कमी अर्थात गीता बुझ्न ५ वटा पूर्वीय दर्शन पढेर मात्र होइन ज्ञान तदसम्म बुझ्नु अत्यन्त आवश्यक पो रहेछ । अन्यथा यस्तै मजदुरी नलिने स्तरमै सीमित हुँइदो रहेछ ।
समग्रमा गीता केही हदसम्म बुझ्न सांख्य, कर्म दर्शन, भतिm दर्शन, बुद्धि दर्शन र चार्बाक दर्शन पनि विस्तृत रुपमा बुझ्नु अत्यन्त आवश्यक छ । यद्यपि लोकायत दर्शन तत्कालीन विद्यावयनहरुले नष्ट गरेका हुनाले केही मात्रामा मात्र यसबारे जानकारी प्राप्त गर्न सकिन्छ ।
हामीले कुनै पनि कुराको अर्थ बुझ्न तात्कालीन अवस्था, सन्दर्भ, घटना र व्यतिmको मनसाय पनि बुझ्नु पर्ने हुन्छ । किनभने म त साहित्यकी विद्यार्थी हुँ । एउटा कविता, कथा, होस् अथवा निवन्ध वा उपन्यास जे विषय बुझ्न पनि माथिका सबै कसरा राम्ररी अध्ययन गरेर पढ्थ्यौँ । र, साहत्यिकारको तात्पर्य प्रष्ट हुन्थ्यो भने स्वयम ईश्वरले अर्जुनको माध्यायमबाट श्रृष्टी र जीवन जगतबारे ज्ञान सम्प्रेषण गर्दा भिन्न परिबेश र सन्दर्भसित जोडेर अपव्याख्या गरिनु कविको न्याय चित्त हुन्छ । पाठक बर्गले आफै बुझ्ने कुरा हो ।
यो उद्दाहरणमा ईश्वर श्री कृष्णले अर्जनलाई आफ्नो दायित्व अर्थात कर्ममा उत्प्ररित गर्न यसको महत्व बुझाउनु भएको छ । जुन श्लोक कर्म दर्शनमा आधारित छ । कक्षा एकमा पढ्ने बालकले शिक्षकसित ..म पढेर महान् वैज्ञानिक हुन्छु वा हुन्न अथवा पढेर मलाई के प्रप्त हुन्छ । ….भनेर प्रश्न गर्यो भने । शिक्षकले के उत्तर दिन सक्छन् ? युद्ध मैदानमा भने र मार्न तैनाथ भएको बेला यो युद्ध लडेर मैले सबैको अर्थात बराजु भिष्मा, गुरु द्रोण, भाइहरु सबैको हत्या गरे पछि अनेक बिपरित नतिजा आउने छन् । तसर्थ म युद्ध गर्दिन भने हतियार बिसाए । उनले यो पनि सोचेनन् कि उनले हतियार बिसाउदैमा उनको पक्षका नायक युधिष्ठीर र प्रतिपक्षका नायक भिष्मको प्रति कृपा के हुन्छ । युद्ध लडे पश्चात उनले भने जित्ने छन् भन्ने निष्कर्ष निकाल्नु पनि अर्थहिन थियो ।
युद्धको शुरुवात नहुँदै यसको परिमाण बारेमा चिन्ता गरेर आफ्नो दायित्वबाट पन्छिने अर्थात आफ्नो तात्काली कर्मबाट पछि हट्ने विचारनै युद्ध भूमिमा सान्दर्भिक थिएन । यो कुरा सुरुवात भन्दा पहिले नै राम्ररी सोच्नु पर्ने थियो । बरु उनले युद्ध नगर्दा, उनको अकर्मण्यताको कारणले पाण्डप पक्षका सबैको ज्यान जाने थियो । उनलाई यिनको दायित्व निर्वाह गर्न । श्री कृष्णको आज्ञा गर्नुभयो तर माथि उल्लेखित सबै दर्शनका ज्ञाता स्वयम अजुर्न पनि थिए । उनलाई कुरा बुझाउन पनि सहज थिएन । त्यस कारण श्री कृष्णले उनलाई कर्म सन्यास अनि कर्म योगको रहस्य र मर्म बुझाउनु भयो । जसको माध्यम बाट हामी सबैको केही मात्रामा भएपनि अनुग्रहित हुने शौभाग्य प्राप्त गर्न सक्थ्यो ।
कर्म दर्शनको अनुसार कर्म त्यो दान जुन मनासा, बचन र कमर्ण अर्थात मन, वचन र कर्मले गरिन्छ । अकस्मात गरिएको कार्यलाई कर्म भनिन्छ । यो योजनाबद्ध हुन्छ ।
कर्म सन्यास कर्तव्य निर्वाह गर्न छोडेर गृहस्थी छोडेर भिक्षाटन गर्नु कदापी होइन बरु बिना अहंकार । कर्तव्य निर्वाह गर्नु नै कर्म सन्यासको एउटा प्रमुख पाटो हो भने फलको आशा नगरी कर्म गर्नु कर्म योग हो । अर्थात, मानौ कुनै व्यतिmले गरीव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न रु. एक लाख कुनै विद्यालयलाई चन्दा दियो अनि उक्त दाताले त्यो चन्दा वापत विद्यालयबाट के–के फाइदा प्राप्त गर्न सक्छ भनि सोच्छ भने त्यो दाता त व्यापार न भयो । विद्यालयले ती दातालाई सम्मान गर्नु कदर पत्र दिनु त्यो विद्यालयको पक्ष भयो त्यस्तै विद्यार्थीले उनी प्रति ऋणी रहनु वा आभारी हुनु त्यो विद्यालयको कर्तव्य भयो तर यसको लागी उनले विद्यार्थीलाई कुनै आफ्नो व्यतिmगत कुरोमा जाउ जर्बजस्ती गरेमा त्यो त नदान भयो । न त कर्म भयो बरु अपमान हुन्छ । यस मामिलामा फमो आसा नगर्नु भनिएको हो । न कि कुनै अधिकार प्राप्तीको लागी उपरोक्त कथनको आधारमा कुनै कुराको अर्थ बुझ्दा र व्याख्या गर्दा एउटा प्रसंग र सन्दर्भलाई अर्को प्रसंग र सन्दर्भसित जोडेर अपव्याख्या गरेर आफ्नो अविद्याको परिचय दिनुको साटो सम्ररी सप्रसंग बुझेर मात्र बिष्लेषण गर्न परिपाठीको बिकास गरौं ।