कोरोना संक्रमित चौध सय एक पुगे

 

नेपालगञ्ज – नेपालमा शनिबार एक सय ८९ जना कोरोना संक्रमित थपिएका छन् ।
नयाँसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एकजना पुगेको छ । त्यसमध्येमा एक हजार २ सय ८८ जना पुरुष रहेका छन् । एक सय १३ जना महिला छन् ।
५३ वटा जिल्लामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २ सय १९ जना सन्चो भएर घर गएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !