क्वारेन्टाइनहरुमा खत्रीको सहयोग

नेपालगञ्ज – खजुराको योगिनी माविमा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुलाई माक्स र सेनिटाइजर सहयोग गरिएको छ ।
नेकपाका युवा नेता रत्न खत्रीको अग्रसरतामा खजुराका सबै क्वारेन्टाइनमा माक्स र सेनिटाइजर सहयोग गर्ने अभियानअन्तर्गत आज योगिनी माविमा सय वटा माक्स र ३० बोतल सेनिटाइजर सहयोग गरिएको हो ।
खत्रीसहितका नेताहरुले स्कूलमै पुगेर माक्स र सेनिटाइनजर हस्तान्तरण गरेका थिए । मंगलबार नै आदर्श माविमा रहेको क्वारेन्टाइनमा सय वटा माक्स र २० बोतल सेनिटाइजर सहयोग गरिएको थियो । यसअघि चमकदारपुर र सीगाउँको स्कूलमा पनि सहयोग गरिएको थियो ।


नेकपा, बाँकेका संगठन विभागका प्रमुखसमेत रहेका खत्रीले खजुरा गाउँपालिकाको सबै क्वारेन्टाइन र अन्य ठाउँका पालिकालाई सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, बैजनाथ र जानकी गाउँपालिकालाई त्यो सहयोग गरिसकिएको छ । दुवै पालिकालाई दुई सय वटा सर्जिकल माक्स र ४० बोतल सेनिटाइजर दिइएको थियो ।
कोरोनाको जोखिम मान्दै प्रायः घरभित्र बसिरहेको बेलामा खत्रीको सक्रियता र सहयोगले नेतामा हुनु पर्ने छवि देखाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !