नरैनापुरमा २७ बढे

नेपालगञ्ज – बाँकेमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।
यसपाली थपिएका २७ जना नै नरैनापुरका हुन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको स्याम्पलमा नरैनापुरका २७ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, नरैनापुरको मदरसामा रहेका ६ जना, नरैनापुर–३ को नेराप्राविमा बसेका १५ जना, नरैनापुर–१ को नेराप्राविमा बसेका ६ जनामा गरी २७ जनामा कोरोना पुष्टि भएको छ ।
नरैनापुरमा मात्रै एक सय १४ जनामा कोरोना देखिएको छ । त्यहाँ एकजनाको मृत्यु भएको छ ।
बर्दियाको बढैयाताल –७ मा पनि एकजना १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ । नेपालमा कोरोना संक्रमित ५ सय ८४ पुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !