‘व्यवस्थित तरिका’ले राख्न ध्यानाकर्षण

नेपालगञ्ज – लायन्स डेन्टल अस्पताल, नेपालगञ्ज आसपासका बासिन्दाले बिरामीलाई ‘व्यवस्थित तरिका’ले राख्न आग्रह गरेका छन् ।
नरैनापुरका ५९ जना बिरामीलाई डेन्टलमा ल्याइएपछि वडाध्यक्ष प्रमोद रिजालको उपस्थितिमा स्थानीयले निर्णय अनुसार २५ जनामात्रै बिरामी राख्नु पर्ने, बिरामीलाई व्यवस्थित तरिकाले राख्नु पर्ने, आसपासमा सेनिटाइज गर्नुपर्ने, भाग्न सक्नेतर्फ ध्यान दिदै सुरक्षामा धेरै प्रहरी खटाउनु पर्ने माग राखेका हुन् ।
डेन्टलमा २५ जना राख्ने निर्णय भएको छ । तर, मध्यराती नरैनापुरबाट ल्याएका बिरामीलाई अन्यत्र लैजान नभ्याएपछि एक रात त्यही राखिएको छ । अधिकारीहरु २५ जनाबाहेक अरुलाई अन्यत्र व्यवस्थापन गर्न लागि परेका छन् ।
स्थानीयको माग अनुसार, तत्कालै नेपालगञ्ज उपमहानगरपालिकाले डेन्टल अस्पताल आसपासमा सेनिटाइनज गर्दैछ । सुरक्षामा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीबाट प्रहरीलाई निर्देशन दिइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !