सात जना थपिए, एक सय नौ पुग्यो

नेपालगञ्ज – नेपालमा सात जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएकासहित नेपालमा कोरोना संक्रमित एक सय नौ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालमा भएको परीक्षण अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म २७ जना निको भएर घर फर्किएका छन् । नयाँ संक्रमण पुष्टि भएका सातैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !