पुनः केन्द्रीय सदस्य, अब लेदर बल

क्रमशः

म क्यानमा फर्किन जनताले जित्नैप¥यो । अर्थात्, २०६२-६३ को जनआन्दोलनको सफलतापछि मात्र मेरा लागि क्रिकेट सङ्घको ढोका खुल्यो । माओवादी विद्रोहीसमेत शान्तिपूर्ण राजनीतिक मूलधारमा आउँदै थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । राजतन्त्रको फैसला संविधानसभाको पहिलो बैठकले गर्ने भनिएकाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिकामा पनि उनै कोइराला थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव किशोरबहादुर सिंहले राजीनामा दिएपछि सरकारले जीवनराम श्रेष्ठलाई सदस्य–सचिव नियुक्त ग¥यो । शाहीशासनका सबै कमिटी भङ्ग गर्ने क्रममा क्यान पनि विघटन गरियो । विनयराज पाण्डेको अध्यक्षतामा तदर्थ कमिटी बन्यो । सो कमिटीमा म केन्द्रीय सदस्य मनोनीत भए ।
देश नयाँ बाटोमा पाइला टेक्दै थियो । यस्तो बेला पाएको जिम्मेवारीलाई मैले योगदानको कदरका रूपमा लिएको थिए । विनयराज पाण्डेसँग काम गर्न पाउँदा त्यसै पनि म खुसी थिएँ । जयकुमारनाथ साहपछि नेपालमा क्रिकेटलाई राम्रोसँग बुझेको नेतृत्वको कुरा गर्दा सम्भवतः उनैको नाम आउँछ । उनी अन्तर्राष्ट्रिय समुदायले पत्याउने व्यक्तिमा पर्छन् । २०६३ असोज १२ गते पहिलोपटक नेतृत्वमा आउँदा उनी पनि उत्तिकै उत्साहित थिए । केही नयाँ गरेर देखाउने जोश र जाँगर थियो । यसबीचमा हामीले कोहलपुर युथ क्लबको आयोजनामा महिला क्रिकेट आयोजना गरेका थियौ । बागेश्वरी पब्लिक क्याम्पस र त्यहाँका विद्यार्थीको सहयोगमा कोहलपुर युथ क्लबले २०६३ पुस २७ गते कोहलपुर क्रिकेट मैदानमा छात्रा क्रिकेट रनिङ सिल्ड प्रतियोगिता सुरु ग¥यौ । १५ वटा विद्यालय सहभागी रहेको स्पर्धाको उपाधि ग्रिनपिस स्कुलले चुमेको थियो ।
म नेतृत्वमा आउनासाथ प्रथम र दोस्रो छात्रा क्रिकेटका डकुमेन्ट, २०६३ मा कोहलपुर युथ क्लबले गरेको प्रतियोगिताको डकुमेन्ट नेपाल क्रिकेट सङ्घमा पठाएँ । त्यसैका आधारमा नेपाली महिला क्रिकेटलाई एसीसीले उत्कृष्ट महिला क्रिकेट अवार्ड, २००६ बाट सम्मानित ग¥यो । त्यो नेपाली क्रिकेटका लागि ठूलो गौरवको कुरा थियो ।
महिला क्रिकेटलाई संस्थागत रूपमै अघि बढाउनुपर्ने मैले ठानेँ । त्यसका लागि जिल्ला शिक्षा कार्यालयसँग सहकार्यका लागि हात बढायौँ । शिक्षा अधिकारी थिए, चूडामणि पौडेल । उनी अहिले सहसचिव छन् । बर्दिया निवासी पौडेल खेलकुद बुझेका सरकारी अधिकारीमा पर्छन् । उनी पछि शिक्षा मन्त्रालयकै सहसचिव भए, केही समय राखेपमा कामु सदस्य–सचिवसमेत बने । युवा तथा खेलकुद मन्त्रालयमा उनले थुप्रै देखिने सकारात्मक भूमिका निर्वाह गरे । उनी बाँकेबाट महिला क्रिकेट सुरुआत भएकामा खुसी थिए । त्यसैले एकै वचनमा भनिदिए, ‘नगद पुरस्कार हामी व्यवस्था गर्छाैं । अरू व्यवस्था तपार्इंहरू गर्नूस् ।’
उनको प्रस्तावले हामीलाई उत्साहित बनायो । तर, यतिले मात्र प्रतियोगिता सम्भव थिएन । सबैतिर सहयोगको याचना ग¥यौँ । क्यानले रातो लेदर बल र क्रिकेट किट्स पठाइदियो । यूएनमा रहेका डा. विनोद भट्टराई र एमनेस्टी इन्टरनेसनलले केही सहयोग गरे । एमनेस्टीका केन्द्रीय सदस्य केशव सिग्देलले मुलायम खालका रबर बल पठाइदिए । एमनेस्टीको एउटा सर्त थियो, श्रीलङ्काको जाफ्नामा श्रीलङ्कन सेनाले तमिलहरूमाथि जुन अत्याचार गरेको थियो, त्यो मानव अधिकारविरुद्ध थियो । त्यहाँ मानव अधिकारविरोधी गतिविधि नहोस् भनेर दुवै पक्षलाई सचेत गराउनका लागि ती बलहरूमा सिग्नेचर क्याम्पेन गर्नुपर्ने थियो । कपडाका साथै ती रबरका बलहरूमा समेत जाफ्नामा भएको हत्या, हिंसा, मानव अधिकार उल्लङघ्नका घटना तुरुन्त बन्द होस ्भनेर क्रिकेटरहरूले हस्ताक्षर गरेर पठायौ । त्यो हाम्रा लागि नयाँ पय्रोग पनि भयो । खेलकुदको माध्यमबाट मानव अधिकारका लागि थोरै भए पनि आवाज उठाएको महसुस ग¥यौ ।
सबैको पहलमा फागुन २३ गतेदेखि हामीले तेस्रो बाँके जिल्ला अन्तर मावि÷उच्च मावि छात्रा रनिङ क्रिकेट प्रतियोगिता गरायौँ । नेपालगन्जको मङ्गलप्रसाद र कोहलपुरको प्रस्तावित अन्तर्राष्ट्रिय मैदानलाई केन्द्र बनाएर खेल भए । प्रतियोगितामा कुनै प्रकारको इन्ट्री शुल्क लिएनौँ । यसमा नटआउट खेल २० र सेमिफाइनल पहिलोपटक २५ ओभरको खेलाइयो । देशमा राजनीतिक संक्रमण, अस्थिरता, क्रिकेटको गतिविधि शून्य रहेका बेला पनि चुनौतीको सामना गर्दै पहिलोपटक लेदर बलबाट छात्रा क्रिकेट गराउन सफल भयौँ । यो प्रतियोगिताको रिपोर्टिङ क्यानमा पठायौँ । यी सबै हेरेपछि तत्कालीन अध्यक्ष पाण्डेले मलाई सोधे, ‘अब कसरी अघि बढ्ने एलबीजी ? रणनीति कसरी बनाउने ?’ छलफलपछि हामी एसीसी, २००७ मा पहिलोपटक महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने गरी तयारी गर्न थाल्यौँ ।
बुद्धभूमिको सुगन्ध
क्रिकेटको बल र ब्याटका डेब्यु किशोरीहरू निरन्तर क्रिकेटमै थिए । उनीहरूको आकाङ्क्षा चुलिँदै थियो । अब उनीहरू आफैँ सोध्न थालिसकेका थिए, ‘बाहिर खेल्न कहिले जाने सर ?’
हामीसँग स्पष्ट जवाफ थिएन । यसैबीच, रूपन्देहीका किशोरीहरूले पनि क्रिकेट खेल्न थालेको कसैले सुनाए । हामीले सोधखोज ग¥यौँ । प्रशिक्षक जङ्ग थापाले टिम तयार गरेका रहेछन् । उनले मैत्रीपूर्ण खेलका लागि वातावरण बनाए । त्यसमा क्यानका तत्कालीन सचिव तारकमणि दीक्षितको भूमिका महत्वपूर्ण रह्यो । २०६३ सालमा लेदर बलले खेलेको अनुभवसमेत बटुलिसकेका बाँकेका किशोरीहरूमा आत्मविश्वास बढेको थियो । उनीहरू उच्च मनोबलसहित तीनवटा मैत्रीपूर्ण म्याच खेल्न भैरहवा हिँडे ।
भैरहवास्थित सिद्धार्थ रङ्गशालामा २०६४ मा बाँके र रूपन्देही टिमबीच तीन मैत्रीपूर्ण म्याच भए । अन्तिम दिन क्यान अध्यक्ष विनयराज पाण्डे स्वयं उपस्थित भई खेल अवलोकन गरे । उनलाई महिला क्रिकेटको निकै चासो थियो । त्यो प्िरतयोगिता ३०÷३० ओभरमा खेलाइएको थियो । तीनवटै खेल क्षेत्र नं. ५ नेपालगन्जले जित्यो । त्यो नै बाँकेका किशोरीहरूको जिल्लाबाहिरको पहिलो जित थियो । किशोरीहरूको पद्रर्शन र लय हेरेपछि अध्यक्ष पाण्डे प्रथम एसीसी प्िरतयोगितामा नेपाली महिला क्रिकेटले पव्रेश पाउनेमा विश्वस्तझै देखिए ।
टिम तयारीका लागि राष्ट्रिय प्रतियोगिता आवश्यक थियो । उनले सोही कार्यक्रममा प्रथम महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता काठमाडौँमा आयोजना गर्ने घोषणा गरे । चाँडै अन्तर्राष्ट्रिय मैदानमा नेपाली किशोरीहरूलाई पु¥याउने आश्वासनसमेत दिए । यसअघि नै क्षेत्र नं. ५ ले एसीसी उत्कृष्ट महिला क्रिकेट अवार्डका साथै आईसीसीको ग्लोबल अवार्ड पनि महिला क्रिकेट विकासका लागि पाइसकेको थियो ।

क्रमशः

(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागि www.sunpani.com लाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)


error: यो सुविधा उपलब्ध छैन !