५६ वटै नेगेटिभ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले परीक्षण गरेको ५६ वटै स्याम्पलको रिपोर्ट नेगेटिभ आएको छ ।
खजुरा र नेपालगञ्जमा संकलन गरिएको ४८ र मेडिकल कलेजले संकलन गरी दिएको ८ वटा स्याम्पलको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २५ गते नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाव संकलन गरिएको थियो । खजुराको रनियापुर, सोनपुर र उढरापुरमा ५÷५ जना, डीगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एक÷एक जनाको स्वाव संकलन गरिएको थियो । सुर्खेतरोडस्थित गुरुद्वारा अगाडि बसेर ३० जनाको स्वाव लिइएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !