नेपालगञ्जमा २४ पुग्यो

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार, १६ वर्षका किशोरमा कोरोना देखिएको छ । पछिल्लो पटक लिइएको एक सय ३० वटा स्वावको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको हो । योसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
बाँकेमा अघिल्लो दिनको एक सय दुई, हिजोको ४८ वटा स्वावको परीक्षण हुन बाँकी थियो । यसमा एक सय ३० वटाको रिपोर्ट आएको छ । मेसु डा. थापाका अनुसार, अहिले ६ जनाको परीक्षण भइरहेको छ ।
नेपालगञ्जमा थप देखिएसँगै नेपालमा कोरोना संक्रमित एक सय दुई जना पुगेका छन् । नेपालगञ्जमा संक्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाव संकलन हुन सकेको छैन । संक्रमितको सम्पर्कवालाको खोजी गर्दै स्वाव लिने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !