३४ को रिपोर्ट ‘नेगेटिभ’
नेपालगञ्ज – नेपालगञ्जमा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमितको सम्पर्कमा रहेको भनिएका ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । नेपालगञ्ज आसपासबाट संकलन गरिएको ५४ स्वावमध्ये ३४ को रिपोर्ट आएको हो । भेरी अस्पताल, नेपालगञ्जले बुधबार अपरान्ह ४ बजे आफ्नो फेसबुक पेजमार्फत रिपोर्ट सार्वजनिक गरेको छ ।
नेपालगञ्जमा ५४ र मेडिकल कलेज र बर्दियासमेत गरी ६६ जनाको स्वाव परीक्षण गरिएकोमा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।