मजदुरलाई ५ किलो चामल र एक किलो दाल

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरी जिल्लाबाट आई दैनिक ज्याला मजदुरी गर्ने विपन्न घर परिवार र ब्यक्तिलाई सहयोग शुरु गरेको छ ।
लकडाउनका कारण आप्mनो घरसम्म पुग्न नपाएका र नेपालगञ्जमा समस्या परेका ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सहयोग शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले जानकारी दिनुभयो ।
विपन्न ब्यक्तिहरुलाई प्रारम्भिक राहत स्वरुप ५ किलो चामल र एक किलो दाल उपमहानगरपालिकाले सहयोग गरेको हो । उपमहानगरपालिकाले बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरुलाई समेत सहयोग शुरु गरेको छ । परिचयपत्रका आधारमा पाँच किलो चामल र एक किलो दाल सहयोग गरिएको हो ।
उपप्रमुख उमा थापा मगरले लकडाउनका कारण घर जान नपाएर समस्यामा परेका व्यक्तिलाई उपमहानगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो । नेपालगञ्जका २३ वटै वडामा वडा कार्यालयमार्फत विपन्न घर परिवारलाई राहत वितरण भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !