स्वास्थ्यकर्मीको चेतावनी
नेपालगञ्ज – नेपालगञ्जमा कार्यरत स्वास्थ्यकर्मीले आवश्यक सामान तत्काल उपलब्ध नगराए काममा जान बाध्य नहुने चेतावनी दिएका छन् ।
कोरोना भाइरसको त्रासका बीचमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुले बीमादेखि आवश्यक उपकरणको माग गरेका हुन् । फिल्डमा खटिने स्वास्थ्यकर्मीहरुले एकै स्वरमा भनेका छन्, पहिला आफू त सुरक्षित हुनु पर्यो । त्यसका लागि हामीलाई चाहिने आवश्यक सामान चाहियो ।’
नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिरहदा नगरमा खटिएका स्वास्थ्यकर्मीहरुले आवश्यक सामान बिना नै फिल्डमा खटिदा जोखिम हुने भएकाले तत्काल सामान उपलब्ध गराउन माग गरे । ‘हामीलाई सेफ्टी चाहियो,’ स्वास्थ्यकर्मीको भनेका छन्, सरकारले हामीलाई नांगो हातले तार छुन लगाइरहेको छ ।’
डा. राजन पाण्डेको पूर्ण समर्थनमा स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे ज्ञापनपत्र नै बुझाएका छन् । त्यसमा हेल्थ डेस्कहरुमा पालैपालो स्वास्थ्यकर्मी खटाउनु पर्ने, कोरोनाको महामारीमा परिचालन हुने स्वास्थ्यकर्मीको सुरक्षा, बिमा, इन्सेन्टिभको तत्काल घोषणा गर्नुपर्ने, हेल्थ डेस्कमा आवश्यक उपकरण थर्मोमिटर, पीपीई सेट, सेनीटाइजर तथा हात धुने व्यवस्था गर्नुपर्ने, सम्पूर्ण स्वास्थ्य संस्थाहरु, अस्पताल, हेल्थपोष्टमा आवश्यक समान उपलब्ध गराउनुपर्ने माग राखेका छन् । ्
अभिमुखीकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म भए गरेका काम कारबाहीबारे प्रष्ट पार्नु भएको थियो ।