आगो लागेको ठाउँमा शव भेटियो

नेपालगञ्ज – नेपालगञ्ज–गुलरिया सडकखण्डको इन्द्रपुरस्थित चप्पल उद्योगमा लागेको आगलागीमा परेर एकजनाको जलेको अवस्थामा शव फेला परेको छ ।
जानकी–३, इन्द्रपुरमा रहेको जय सियाराम मेनुफैक्चरिङ इन्ड्रस्टिज प्रालीमा गएराती १२ बजेदेखि विहान आठ बजेसम्म आगो लागेको थियो । आगो लाग्दै गर्दा राती एक बजे ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।
आगो नियन्त्रणमा आएपछि सबैतिर हेर्ने क्रममा एकजनाको शव भेटिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । शव जलेको अवस्थामा रहेको छ । शवको सनाखत हुन सकेको छैन ।
उद्योगमा रातीमा समेत कर्मचारीले काम गर्ने गर्दथे । होली परेकाले मंगलबार राती धेरै कर्मचारी थिएनन् । कतिजना थिए ? प्रहरीले सोधीखोजी गरिरहेको छ । आगलागीमा परेर घाइते भएका दिलिपकुमार चमारको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । अर्को को व्यक्ति त्यहाँ थिए, जसको आगोमा परेर मृत्यु भएको छ प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीको क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !