कोरोना त्रास : भीडभाड, मेला महोत्सवमा नजान सुझाव

नेपालगञ्ज – कोरोना भाइरसको जोखिमप्रति ध्यान दिदै नेकपा, राष्ट्रिय मानव अधिकार आयोग र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले भीडभाड, मेला महोत्सवमा नजान सुझाव दिएका छन् । उनीहरुले विमानस्थल, नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था मिलाउन माग गर्दै भीडभाडमा नजान सुझाव दिएका हुन् ।
नेकपाले सामुहिक रुपमा होली नखेल्न, रंग नलगाउन र अनावश्यक रुपले सभा, समारोहमा सहभागिता नजाउन अपील गरेको गरेको छ ।
‘बिश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला संघीय सरकार र प्रदेश सरकारले उच्च सतर्कता अपनाएका छन् । जिल्लामा हाम्रो पार्टीका तर्फबाट पनि सतर्कता अपाउन अपील गरिएको छ,’ नेकपा बाँकेका प्रचार विभाग प्रमुख प्रमोद धितालले भन्नुभयो, ‘सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छुक एवं बाँकेबासी दाजुभाई दिदीबहिनीलाई होेली खेल्दा बिशेष ध्यान दिन र सभा, समारोहमा सहभागी नहुन अनुरोध गरिएको छ ।’
आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाईले विज्ञप्ती निकालेर र केन्द्रका अध्यक्ष विश्वजीत तिवारीको अगुवाईमा गरिएको एक टोलीले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउदै कोरोना भाइरसको जोखिमप्रति सचेतना अपनाउन आग्रह गरिएको हो ।
संघीय स्वास्थ्य मन्त्रालयले मेला–महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेअनुरुप प्रदेश ५ का १२ वटै जिल्लामा मेला तथा महोत्सव गर्न रोक लगाइएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय गरिसकेको छ । बिभिन्न क्षेत्रबाट यो निर्णय कार्यान्वयन भइरहेको छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जमुनाहामा स्वास्थ्यकर्मीले कोरोनाबारेमा जानकारी दिने काम गरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !