प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ – कोइराला

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको छ ।
कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेकोे कुराको पुष्टी हालैको सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले गरेको बताउदै सरकारमै रहेका ब्यक्तिको संलग्नता रहनुले अब वर्तमान सरकार चलाउने नैतिकता नभएको बताउनुभयो । बरु राजिनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने कोइरालाको सुझाव छ ।
प्रेस युनियनले राखेको पत्रकार भेटघाटमा कोइालाले सरकारको नेतृत्व गर्ने ब्यक्तिले नैतिकताको आधारमा राजिनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको बताउनुभयो । ‘बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन, उहाँले भन्नुभयो, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका ब्यक्तिहरु सहभागी हुनुहुन्छ भन्ने देखिन्छ, जो–जो हुनुहुन्छ, उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उहाँले अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पुर्वप्रधानमन्त्रीलाई छुट दिएको र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै असन्तुष्टी जनाउनु भयो । देश अप्ठ्यारो अवस्थामा रहेको र नेपाली प्रेसका लागि पनि अत्यन्त कठिन दिन आइराखेको कोइरालाले बताउनु भयो ।


कोइरालाले शनिबार नै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनसरोकारका कामहरुमा ध्यान दिन निर्देशन दिनुभयो ।
कुनै पनि ब्यक्ति पैसाको कारणले उपचार गर्न नसकेर मर्नु नपरोस अनि मात्रै प्रजातान्त्रिक समाजवादको स्थापना हुने उहाँले बताउनुभयो । स्व.सुशील कोइरालाको स्मृतिको सप्ताह पारेर क्षेत्र नं. २ बाँकेले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा डा. कोइरालाले आफै विरामी जाँच गर्नुभएको थियो ।
कम्युनिष्टहरुको ज्यादतिको विषयमा हामी एक छौं तर कांग्रेस भित्रको राजनीतिमा भने केही बहस भइरहेको कुरा स्विकार्दै डा.कोइरालाले कांग्रेसजन अनुशासित हुनुपर्नेमा जोड दिनुभएको थियो । भर्खरै दिल्लीमा सम्पन्न चुनावमा आम आदमी पार्टीको विजय हुनुमा त्यहाँको सुशासन, खानेपानी, स्वास्थ्य र बिजुलीको उपलब्धताका बारेमा चर्चा गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !