सडक खाना महोत्सवको तयारी

नेपालगञ्ज – नेपालगञ्जमा सडक खाना महोत्सवको तयारी गरिएको छ । फाल्गुन २३ देखि २५ गतेसम्म सुर्खेतरोड (धम्बोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग) मा महोत्सव लगाउने तयारी गरिएको हो ।
नेपालगञ्जका विभिन्न धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको मौलिक खानाहरुको स्टल राखेर बजारीकरण तथा प्रवद्र्धन गर्न सडक खाना महोत्सव आयोजना गर्न थालिएको होटल व्यवसायी संघ, बाँकेले जनाएको छ ।
संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक भीमलाल कँडेलले भब्य लाईट, टेन्टसहितको व्यवस्था गरेर महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो । महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश हुनेछन् ।
महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । फुडफेस्टिभलमा ५० हजार बढीको सहभागिता हुने बिश्वास गरिएको छ ।
महोत्सवमा २ करोड बढिको कारोबार हुने लक्ष्य राखिएको छ । बिभिन्न स्वादिला परिकार पस्किने, फुडफेस्टिभलमा कलाकारहरुको बिशेष प्रस्तुती रहने, बिभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको स्वदेशी तथा बिदेशी पाहुनाहरु माझ परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक सशक्तिकरण र पहिचान संरक्षण हुने आयोजकले विश्वास गरेका छन् । महोत्सवले भ्रमण बर्ष २०२० लाई सघाउ पुर्याउने कँडेलले बताउनुभयो ।
फुड फेस्टिभलले मौलिक उत्पादनको बजारीकरण भई स्वरोजगारिताको सिर्जना गरि आर्थिक सशक्तिकरण गर्न सहयोग पु¥याउने, बेरोजगार युवाहरुलाई होटल तथा व्यापार, व्यवसायतिर आकर्षित तथा उत्साहित गर्नुका साथै बैदेशिक रोजगारमा जाने युवाहरुमा सिपको विकास गरेर आत्मबिश्वास निर्माण होटल व्यवसायी दिवाकर खनालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले नेपालगञ्जको परिकार चिनाउन र अन्य क्षेत्रको परिकारको प्रर्बद्धन गर्न महोत्सव सहयोग सावित हुने विश्वास व्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !