पर्यटक भित्र्याउन ‘ब्रोसर’

नेपालगञ्ज – नेपाल भ्रमण वर्ष २०२० मा बाँके, बर्दियालगायत यस क्षेत्रको पर्यटकीय स्थललाई समेटेर ‘ब्रोसर’ तयार पारिएको छ ।
बाँकेको बागेश्वरी मन्दिरलगायत निकुञ्जलाई प्राथमिकता साथ प्रस्तुत गरिएको ब्रोसरलाई भारतीय शहरहरुमा लगेर वितरण गरिदैछ । भ्रमण वर्षमा भारतीय पर्यटकको आकर्षण बढाउन विशेष प्याकेजसहित यहाँका चिनारी प्रस्तुत गरिएको छ ।
बाँके कर्णाली र सुदूरपश्चिमको ट्रान्जिट प्वाइन्ट मानिन्छ । पर्यटन व्यवसायमा लागेकाहरुले यसलाई विशेष महत्व दिएर गतिविधि अघि बढाएका छन् । बाँकेका आठ वटा पालिकामा कम्तीमा एक पर्यटकीय स्थल बाहिर ल्याउने प्रयास भइरहेको छ । भ्रमण वर्षमा बाँके हुँदै कर्णाली र सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थलमा पर्यटकलाई पु¥याउने योजनाहरु बनेका छन् । ब्रोसर पनि त्यसकै एउटा रुप मानिएको छ ।
जिल्ला समन्वय समिति एवं जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका संयोजक अजय श्रीवास्तवले यस क्षेत्रको पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार गर्न लागि परेको बताउनुभयो । ब्रोसर विभिन्न पर्यटकीय स्थकलो चित्रहरु राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !